Advertisements:

पुरा भिडिओ हेरेर मात्रै कमेन्ट गर्नुहोला। गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा १.डिम्ब निष्कासन, २.यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । भिडिओमा देखाए अनुसार यौन सम्पर्क गर्दा ध्यान पुराए गर्भ हुने नहुने नियन्त्रण गर्न सकिन्छ।
Advertisements:
0 comments:
Post a Comment