Subscribe Twitter FaceBook

Pages

‘आमाले बनाएको खाजा पनि खान पाइएन’

Advertisements:
काभ्रे : ज्याम्दी गाविसका ४२ वर्षे ध्रुव थापाको आमाले बनाएको खाजासँगै बसेर खाने धोको अधुरै रह्यो। वैशाख १२ गते बिहान आमासँग हासीखुसी खाना खाएर बारीमा मकै छर्न निस्किएका थापाले न आमाको अनुहार हेर्न पाए न आमाले बनाएर राखेको खाजा नै खान पाए।
उनले आमाले भनेको अन्तिम शब्द सम्झदै भने, ‘तँ मकै गोड्न जा, म खाजा बनाएर राख्छु, अनिसँगै खाउँला।’ उनले आँखाबाट आँसु खसाल्दै भने, ‘आमाले बनाएको मीठो खाजा खाने सपना अधुरै रह्यो। अब त्यो सपना कहिल्यै पूरा नहुने भएको छ। सपना सबै भूकम्पले चकनाचुर बनायो।’
फोटो :आमाको मृत्‍यु भएको स्थान र भत्किएको घर हेर्दै ध्रुव थापाका दाजुभाई।
फोटो :आमाको मृत्‍यु भएको स्थान र भत्किएको घर हेर्दै ध्रुव थापाका दाजुभाई।
शनिबार बिहान खाना खाएर छुट्टिएका उनीहरूले त्यसपछि एक आर्काको अनुहार नै हेर्न पाएनन्। ७२ वर्षे पूर्णकुमारी छोराहरूलाई बारीमा मकै गोड्न पठाएर आफू घरको बार्दलीमा खाजा बनाइरहेकी थिइन्।
त्यतिबेलै आएको विनाशकारी भूकम्पले घर भत्किएसँगै उनलाई पनि त्यहीँ पुर्‍यो र उनको मृत्यु भयो। ‘आमामाथि बार्दलीमा बसेर छोराहरूलाई खाजा लान तयारी गर्दै हुनुहुन्थ्यो, म बाहिर काम गरिरहेको थिएँ।
बुहारी सुनिताले भनिन्, ‘१२ बज्न लागेका थियो। एक्कासि घर हल्लन थाल्यो। केही सेकेन्डमै घर भत्किएर आमालाई त्यही घरले पुरेको देखें। म केही बोल्न सकिनँ। बाहिर भएकाले भाग्न भ्याएँ। घाइते मात्र भएँ।’
उनले आँखाबाट आँसु झार्दै भनिन्, ‘सास छउन्जेल आस भनेझैं म कराएँ रोएँ, गाउँले आएर पुरिएकी आमा निकाल्न सहयोग गरे तर दुई घन्टापछि भेटिएको आमाको शरीर लासमा परिणत भइसकेको रहेछ।’
धार्मिक परमपराअनुसार आमाको शोकमा त्रिपालमुनि बसेका थापाका दुई दाजुभाइले विनाशकारी भूकम्पले आमाको चिहान बनाएको भत्किएको घरनजिक गएर भने, ‘ऋण पनि लाग्यो दिन पनि लाग्यो।
जन्म दिने आमा र कर्मथलो घर दुवै गुमाएका छौं। घर भत्किएर अन्न, लुगाफाटा सबै पुरिए। अबका दिनमा के खाने र काहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ।’
‘तरकारी उत्पादन गर्न बनाएको प्लास्टिकको छाप्रोभित्र आगो बाल्दा सबै प्वाल परिसक्यो, पानी चुहिन्छ। अब के गर्ने भन्ने थाहा छैन,’ उनीहरूले गुनासो गरे।
स्थानीय विकास परजुलीले भने, ‘राहत पनि हुनेखाने र पहुँचवालाले मात्र पाएका छन्। गरिब र सोझासाझाले अहिलेसम्म टाउको लुकाउन त्रिपालसमेत पाएका छैनन्।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts