Subscribe Twitter FaceBook

Pages

संविधान दिन नसकेको भन्दै चितवनमा ६ सय १ सभाषदको पाचँ महिने श्राद्ध

Advertisements:
संविधानसभाको निर्वाचन भएको एक बर्षभित्रै संविधान जारी गर्छौ भनी प्रतिबद्धता गरेपनि त्यो प्रतिबद्धता पुरा नभएको भन्दै संविधानसभाका ६०१ सभाषदको आज चितवनको नारायणघाटमा पाँच महिने मासिक श्राद्ध गरिएको छ ।

आफुलाई स्वतन्त्र नेपाली नागरिक भन्ने बर्दिया गुलरियाका (हाल मकवानपुर बस्ने) राकेश कुमार शर्माले यसअघि तोकिएको समयमा संविधान जारी गर्छूृ भनी नगरेका सभाषदको श्राद्ध गरिसकेको र तिनै मृत्तक सभाषदको पाचँ महिने मासिक श्राद्ध गरेका हुन् ।

वि.सं. २०७१ माघ ८ मा संविधान जारी हुन्छ भनी नेतृत्व गण द्वारा भएको वाचा, प्रतिबद्धता, हल्ला र प्रचार आश्वासनले जनताहरु आस्वस्त भएपनि नेताहरुको उक्त भनाई साँचो नभएको उनको धारणा छ ।

उनले सोही कारण २०७१ साल माघ ९ गते पर्साको बिरगंजमा सडकबाट नेपालको संविधान २०७१ जारी गर्नुका साथै नेपाली नागरिकहरुलाई झुक्याई, झुटो, वाचा, झुटो प्रतिबद्धता, विश्वासघात र धोका दिएको हुनाले सभासदहरु मरे सरह हुन भनी धनुषाको जनकपुरमा २०७१ साल माघ १९ गते १२ औँ दिनमा सभासदहरुको श्राद्ध गरेका थिए ।

त्ससपछि पनि संविधान जारी नभएको भन्दै रौतहटको चपुरमा २०७१ साल फागुन ०८ गते एक महिने मासिक, पर्साको बिरगंजमा चैत्र ८ गते २ महिने मासिक, मकवानपुरको हेटौंडामा वि.सं. २०७२ साल बैशाख ८ गते तिन महिने मासिक र बर्दियाको गुलरियामा जेष्ठ ८ गते चार महिने मासिक श्राद्ध शर्माले गरेका थिए ।

उनले आज चितवनको नारायणघाटमामा गरेको पाँच महिने मासिक श्राद्ध हो । संविधान निर्माणमा थप केन्द्रित हुन भन्नका लागी पनि उनले ध्यानाकर्षणका रुपमा श्राद्ध गरेका बताएका छन् ।

उनले जेष्ठ २५ गते चारदलबीच भएको १६ बुँदे सहमतिलाई धोका भन्दै १२ बुँदे देखि लिएर यस्ता सहमति र सम्झौताहरु कैयौं पटक भयो तर लागु हुन नसकेका प्रति आपत्ति जनाएका छन् ।

शर्माले भोली हुन लागेको दाता सम्मेलनमा दाताहरुबाट आर्थिक भित्र्याउनका लागि नाटकीय रुपमा संविधान पनि छिट्टै बनाउँछौ भन्ने सन्देश दिनका लागी मात्र गरेको सहमति भन्दै १६ बुँदे सहमतिले देशमा द्वन्द्वको सिर्जना हुने आरोप लगाएका छन् ।

भूकम्प पिडितहरुको नाममा दाताहरुले दिने राहत र आर्थिक रकमको नेताहरुबाट दुरुपयोग हुने भन्दै उनले अव देशमा नयां शक्तिको आवश्यकता रहेको जिकिर समेत गरेका छन् ।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts