Subscribe Twitter FaceBook

Pages

कोलकातामा गुडिरहेको कारमा नेपाली युवती बलात्कृत

Advertisements:
कोलकाता – भारतको कोलकातामा सामुहिक बलात्कारको शिकार भएकी युवती नेपाली भएको खुलासा भएको छ । बिहान भारतीय सञ्चार माध्यम दैनिक भास्करलमा एक २६ वर्षीया युवतीमाथि गुडिरहेको कारमा सामुहिक बलात्कार भएको सामाचार प्रकाशित भएको थियो ।अहिले ती युवती नेपाली मूल भएको खुलासा भएको हो । इन्डिया टुडेले सामाचार प्रकाशन गर्दै ती युवती नेपाली भएको र २४ वर्षकी भएको जनाएको छ । उनीबारे अन्य जानकारी दिइएको छैन ।

ट्याक्सी कुरिरहेकी ती युवतीलाई कारमा जबजस्र्ती तानेर चारजनाले ३ घण्टासम्म बलात्कार गरेका हुन् । बलात्कारपछि उनीहरुले ती युवतीलाई सडकमा फालिदिएका थिए ।दैनिक भास्करका अनुसार पीडित युवती भिआइपी रोडस्थित एक बारमा गीत गाउँथिन् । उनको बयानअनुसार आइतबार राती आफ्नो सिफ्ट साथीलाई सर्केर सेक्टर ५ रहेको एउटा क्याफेमा जान लागेकी थिइन् ।
कोलकातामा नयाँ आएकी ती युवतीले त्यहाँ पुगेपछि एक व्यक्तिलाई क्याफेको स्थान सोधेकी थिइन् । तर, ती व्यक्तिले उनलाई गलत बाटो देखाए । उनी तीन हप्ताअघि मात्र कोलकाता पुगेको बताइएको छ ।त्यसपछि ती व्यक्तिले अन्यलाई फोन गरेर बोलाए । केही बेरमा नै एक कार उनको अगाडि रोकियो र करिब चारजनाले उनलाई तानेर कारमा हाले र गुडिरहेको कारमा नै बलात्कार गरे ।बिहान साढे ३ बजे उनलाई सडकमा फालेर उनीहरु फरार भए ।बाटोमा एक ट्याक्सी ड्राइभरले उनलाई भेटेपछि अस्पताल पुराए । मेडिकल रिपोर्टपछि उनीमाथि बलात्कार भएको पुष्टि भयो ।प्रहरीले अहिले एफआइआर दर्ज गरेर आरोपीहरुको खोजी तीव्र पारेको छ ।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts