
अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्चका अग्रणी लेखक रेम्को कोर्ट भन्छन्, चुम्बनका दौरान दुई व्यक्तिको र्याल एकआपसमा आदनप्रादन हुन्छ । जसमा उनीहरु दुबैको मुखमा रहेको ब्याक्टेरिया पनि आदन प्रदान हुन्छ । यसैकारण श्रीमान् श्रीमती वा शारिरक सम्पर्कमा रहनेहरुको मुखमा उस्तै माइक्रोब्याक्टेरिया देखिन्छ । यस रिसर्चका दौरान २१ दम्पतीलाई फारम भर्न लगाइएको थियो ।
त्यसपछि उनीहरुको किस गर्दाको बानी, उनीहरुको मुखमा पाइएका माइक्रोब्याक्टेरिया लगायतका विभिन्न विषयहरु एकआपसमा जुधाएर यस अध्ययनको नतिजा सार्वजनिक गरिएको हो । अध्ययनका अनुसार मानिसको शरिरमा लगभग १ सय टिलियन माइक्रोअर्गानिज्म हुन्छन् ।
यस माईक्रोअर्गानिज्मको मुख्य काम हाम्रो खानालाई पचाउने, शरिरका लागि आवश्यक एन्जाइम्स र न्यूटिएट्स बनाउने र विभिन्न किटाणूको रोकथाम गर्ने हो । हाम्रो मुखमा मात्रै ७ सय प्रजातिका विभिन्न ब्याक्टेरिया हुन्छन् । यस्ता ब्याक्टेरियाको काम हाम्रो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

0 comments:
Post a Comment