
| पूर्वप्रधानमन्त्री तथा राप्रपाका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापाको उपाचारका क्रममा भारतमा निधन
| |
| काठमाण्डौँ, बैसाख २ - पूर्वप्रधानमन्त्री तथा राप्रपाका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापाको उपाचारका क्रममा भारतमा निधन भएको छ । थापाको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार मध्यराती निधन भएको हो । ८८ बर्षीय थापा केही समयदेखि मुटु, श्वासप्रश्वाससम्बन्धिको रोगबाट पीडित थिए । स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । गत चैत ५ गते आफ्नो ८८ औं जन्म दिन मनाएका थापा चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाको अस्ति शुक्रबार आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका भएपनि बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए । यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए । |


0 comments:
Post a Comment